राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् ।
मन्त्री किराँतीले साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएकाले पदमा बस्न नमिल्ने लामिछानेको भनाइ छ । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै लामिछानेले सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने व्यक्ति मन्त्री पदमा बस्न नमिल्ने बताएका हुन् ।
‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीत र अत्यन्तै खेदजनक छ,’ लामिछानेले लेखेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’
मन्त्री किराँतीले क्रिश्चियन धर्म मान्दिन भन्नेहरू देशद्रोही भएको टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको छ ।
Discussion about this post