Khabar Samachar

फरक पोसाक किन्न बाध्य पारे कारबाही हुन्छ – बूढानीलकण्ठ नगरपालिका

202
VIEWS

बूढानीलकण्ठ नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य नपार्न नगर भित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको छ । तोकिएको भन्दा फरक पोशाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्र भन्दा बाहिर गएर पोशाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।

क्रिसमस पर्वको पूर्वसन्ध्यामा नगरपालिकाका मेयर मिठाराम अधिकारीले सबै विद्यालयलाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘बुढानीलकण्ठ नगरपालिका भित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाईएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ । कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम भई जाने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’

यसअघि काठमाडौँ महानगरपालिकाले यही बेहोराको सूचना जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित