Khabar Samachar

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी

202
VIEWS

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो चढ्ने सरकारी गाडीमा आगजनी भएको छ।

आइतवार राति रामनगरस्थित आफ्नै घरमा पार्किङ गरी राखेको प्र २–००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा अज्ञात समूहले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक मनोज यादवका अनुसार आगजानीबाट गाडीको टायर लगायतका केही भागमा आंशिक क्षति भएको छ।

‘गाडीमा कसले र किन आगो लगाएको खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाएको देखिएको छ। घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक यादवले भने ।

घटनाबारे थप थप अनुसन्धान भइरहेको उनले बताए ।

उपमेयर महतोले पालिकामा भ्रष्टाचारको विरोध गरेको कतिपय जनप्रतिनिधिलाई मन नपरेर उनीहरुकै योजनामा गाडीमा आगजनी गरिएको आरोप लगाएकी छन्।

‘भ्रष्टाचार गर्ने र गराउनेको विरुद्धमा हुने हरेक आन्दोलनमा सक्रिय हुन्छु । यो निच काम कसैले गरेको मलाई धम्क्याउन खोजेको भान भैसकेको छ । तर यस्तो हर्कतले डराउँदिने। थप सशक्त भएर लाग्छु,’ उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित