Khabar Samachar

Search
Close this search box.

लोसपाबाट मेयरमा टिकट नपाउने भएपछि एमालेमा प्रवेश

223
VIEWS

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् ।

मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ । लोसपा नेपालले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित