Khabar Samachar

Search
Close this search box.

बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो डिआइजी लालमणी आचार्यको संयोजकत्वमा समिति

214
VIEWS

भौतिक पूर्वाधार तथा यातायात मन्त्री गाडी आगजनी भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार दिउँसो मन्त्री ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनी भएको घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल छन्।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित समूहले दिउँसो मन्त्रीको गाडीमा आगजनी गरेपछि दुई घन्टाभन्दा बढी समय ग्वार्को क्षेत्र तनावग्रस्त बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित