Khabar Samachar

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

213
VIEWS

जापानमा सोमबार निरन्तर भूकम्प गएसँगै सुनामीको चेतावनी दिइएको छ । भूकम्पमध्ये मध्य जापानको नोटो क्षेत्रमा एउटा ७.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

भूकम्पपछि सुनामी आउनसक्ने र पानीको सतह पाँच मिटरसम्म पुग्न सक्ने जापानको सार्वजनिक प्रसारक एनएचके टिभीले उल्लेख गरेको छ ।

सुनामीका कारण मानिसहरूलाई अग्लो स्थान वा भवनमा चढ्न आग्रह गरिएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सुनामीले क्षति पुर्‍याउनसक्ने क्षेत्रका बासिन्दालाई खाली गर्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित