Khabar Samachar

हिउँ जमेको नदीलाई विमानस्थल सम्झेर पाइलटले जहाज अवतरण गरेपछि…

235
VIEWS

रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अतवरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अतवरण गरिएको थियो ।

अतवरणमा कुनै यात्रुहरु घाइते भने नभएको बताइएको छ । बिहीबार बिहान रुसी समयमा भएको उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ ।

रुसको सुदूरपूर्वको प्रान्त साखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणको लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित