Khabar Samachar

हरियो मकै खानुका फाइदाहरु यस्ता छन्

220
VIEWS

मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ ।

मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ ।

मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ ।
यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।

स्वास्थ्यका लागि मकै अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । जानौं यसका फाइदा

आँखा

आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।

कोलेस्ट्रोल

मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

रक्ताल्पता

शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ ।

क्यान्सर

मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।

राम्रो छाला

छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

तौल घटाउन

मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।

कब्जियत

कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।

बलियो हड्डी

मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।

अल्छी हटाउँछ

यदि तपाईंलाई अल्छी लाग्छ र शरिरमा ऊर्जा छैन जस्तो अनुभव हुन्छ भने मकैको सेवन गर्नुहोस् । मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईंलाई धेरैबेरसम्म ऊर्जावान् राख्दछ ।

बुढ्यौली रोक्छ

भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।

आइरनको प्रचुरता

एक वयस्क पुरुषलाई प्रति दिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।

मधुमेहका रोगीलाई लाभकारी

भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ

पोलेको मकै खानुका फाइदा

पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ । बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ । त्यसैले पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ ।

पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

भुटेको मकै खानुका फाइदा

तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला । भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ। यी हुन भुटेका मकैका फाईदा

१. भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्।

२. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।

३. यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

४. भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।

५. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ। मुटु रोगको खतराबाट बचाउँछ ।

६. भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

७. भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

८. भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।

मकैको जुँगाको फाइदा

मधुमेहबाट

इन्टरनेसनल जर्नल अफ बायोलोजिकल्ली काक्रोमोलेक्युल्समा सन् २०१२ मा प्रकाशित एक अनुसन्धानात्मक लेखका अनुसार मधुमेह भएका मुसालाई प्रयोगशालामा मकैको जुँगाको तत्व निकालेर सेवन गराउँदा तिनको रगतबाट चिनीको मात्रा घटेको पाइएको थियो ।

कोलेस्ट्रोल नियन्त्रण

रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्नु र त्यो अनियन्त्रित हुँदै जानुको एउटै परिणाम हो, विभिन्न घातक मुटुरोगहरू पैदा हुनु । त्यसैले मुटु रोगबाट बच्न गर्नुपर्ने प्रमुख कार्यहरूमध्येका पनि प्रमुख कार्य हो, रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित राख्नु ।

भिटामिन सीको स्रोत

भिटामिन सी भन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा अमिलोको ख्याल आइहाल्छ । त्यसैले सुन्दा अलि पत्यारिलो लागे पनि सत्य कुरा के हो भने मकैको जुँगामा भिटामिन सी पाइन्छ । थाहा भएकै कुरा हो कि भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाइदिन्छ ।

मोटोपन घटाउँछ

मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनु पनि हो ।

यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ । खासगरी, मकैको जुँगाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरूलाई हटाउने काम गर्छ ।

पिसाबनलीको सङ्क्रमण

मकैको जुँगामा एन्टी इन्फ्लेमेटोरी तत्वहरू पाइने हुदा मकैको जुँगाको सेवन पिसाब नलीको सङ्क्रमणमा धेरै लाभदायी हुन्छ् । यसले पिसाब नलीको तहलाई सुरक्षा कवच प्रदान गरेर पोलाइलाई कम गरिदिनुका साथै सङ्क्रमणलाई पनि निको पार्ने काम गर्छ ।

पिसाब लगाउने

कुनै पनि कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महँगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरी पिसाब लगाउने औषधीहरूको तुलनामा यो अति सुरक्षित हुन्छ ।

मिर्गौलाको पत्थरी

मकैको जुँगाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।

रक्तचाप घटाउँछ

उच्च रक्तचापको समस्या विश्वव्यापी रूपमै एउटा ठूलो नसर्ने रोगको रूपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा विन्दुमा पुगेपछि अनिवार्य रूपमा औषधिको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुँगाको चिया नियमित रूपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित