Khabar Samachar

Search
Close this search box.

टीकापुर घटनामा सजाय पाएका व्यक्ति नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष

205
VIEWS

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्नका लागि रेशम चौधरीले आफ्नै पार्टीका नेताहरूलाई नै ढाँटेको खुलेको छ । कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भइसकेका व्यक्ति पार्टीको अध्यक्ष बन्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न महाधिवेशनमा उठेको थियो । तर चौधरीले आफूले निर्वाचन आयोगसँग परामर्श गरेर नै अध्यक्षको उम्मेदवारी दिएको जानकारी नेताहरुलाई दिएका थिए ।

टीकापुर घटनाको मुख्य दोषी भएर जेल परेका रेशम चौधरी राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनले आममाफी पाएपछि पनि उनी विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ । यसैबिच उनी पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा चयन भएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुन ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने’ उल्लेख छ । चौधरी टीकापुर घटनामा सजाय पाएका व्यक्ति हुन् । यस अवस्थामा उनको अध्यक्ष पद कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको छ ।

केही दिन पहिले यही विषयमा निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठसँग कुरा गर्दा उनले पनि निर्वाचन आयोगसँग परामर्श गरेर नै महाधिवेशन गर्न लागेको प्रतिक्रिया दिएकी थिइन् । तर आयोगले भने चौधरी अध्यक्ष बन्ने विषयमा कुनै पनि परामर्श नभएको बताएको छ ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले महाधिवेशनपछि दल अद्यावधिक गर्न आएको बेला त्यसको छानबिन गरेपछि मात्र आयोगले केही निर्णय लिन सक्ने बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘निर्वाचन आयोगले राजनीतिक दल दर्ता गर्दा खेरी र दर्ता भइरहेको दलको नाम, विधान, झण्डा, छाप अथवा पदाधिकारीको फेरबदल गर्दा एक महिनाभित्र अद्यावधिक गर्नुपर्छ । त्यतिबेला नै ती सबै कुरा कानुनसम्मत छन् कि छैनन् भनेर आयोगले हेर्छ ।’

उनले भने, ‘संविधानदेखि राजनीतिक दलसम्बन्धी ऐनअनुसार भएको छ कि छैन भनेर सबै हेरिनेछ । ठिक छ भने त्यसलाई आयोगले स्विकार्छ । ठिक छैन भने त्यसलाई स्वीकार गर्दैन ।’

कुन राजनीतिक दलले कहाँ कसरी फेरबदल गर्‍यो, योग्यता पुगेको छ कि छैन भन्ने यो कुरा अहिले नै भन्न नसकिने बताउँदै उनले यो विषय आयोगले निर्णय गर्ने बताए । महाधिवेशनपछि अद्यावधिकका लागि आएपछि त्यो विषयमा टुङ्गो लगाइने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित