Khabar Samachar

न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास

204
VIEWS

न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन्। न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।

आइतबार दिउँसो सर्वोच्च परिसरमा उनले आफ्नो शरीरमा मट्टितेल छर्किएर आत्मदाह प्रयास गरेकी हुन्। उनलाई प्रहरीले तत्काल उद्धार गरेको छ। उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ।

उनले श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी छन्। कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि न्यायाधीश गिरी गतवर्ष चैत २८ गते पक्राउ परेका थिए।

गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो। गिरीकी श्रीमतीले भने उनलाई थुनामा राख्नुपर्ने माग गर्दै आएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित