Khabar Samachar

Search
Close this search box.

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, अझै घट्ने सम्भावना

205
VIEWS

आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको मौसमविद्ले बताएका छन्।

तर अहिले बिहान ८:४५ बजे पुनः मापन गर्दा अझ घट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार बिहान ५:४५ मा मापन गरिए पनि आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजेको रेकर्डलाई मानिन्छ।

मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो। आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने सम्भावना देखिएको मौसमविद् लामिछानेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित