Khabar Samachar

जनताले सहकारीमा जम्मा गरेको पैसा हिनामिना गर्नेलाई उन्मुक्ति दिन हुँदैन – नैनसिंह महर

205
VIEWS

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताले सहकारीमा जम्मा गरेको पैसा हिनामिना गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका छन्।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जनताले दिनहुँ थोरै थोरै रकम सहकारीमा जम्मा गरिरहेका हुन्छन्। सोझा र न्यून आय भएका जनताको त्यही रकम हिनामिना गर्नेलाई उन्मुक्ति दिनु हुँदैन।’

उनले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए।  नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।

‘सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा आइतबार गरेको बिफ्रिङमा १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको देखाएको छ। १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिए पनि ३१ हजार बढी सहकारी सङ्घ संस्थाहरूमध्ये करिब ५ सय सहकारी समस्यामा रहेका छन्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित