राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीबाट सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल र माओवादीबाट कालीकोटका विष्णु विक विजयी भएका हुन्।
कर्णालीमा खाली हुने तीन सिटमा महिलातर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया सत्तागठबन्धनबाट उम्मेदवार बनेका थिए।
Discussion about this post