गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाएको छ।
मिटरब्याजीसम्बन्धी उजुरीमाथि छानबिन नगरेको भन्दै मन्त्रालयले दुबै जनालाई फिर्ता बोलाएको हो।
गृहले सिराहामा नयाँ प्रजिअ र एसपी पठाइसकेको छैन।
प्रशासन र प्रहरीले पीडितको कुरा नसुनेको र छानबिन नगरेको भन्दै पीडितहरूबाट गृह मन्त्रालयमा गुनासो आएको थियो।
गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार प्रमुख जिल्ला अधिकारीले आफूलाई हटाउँदा एसपीलाई पनि हटाउन माग गरेपछि एसपी लिम्बु पनि तानिएका हुन् । मिटरब्याज सम्बन्धी पीडितको उजुरीलाई ‘आन्देखा’ गरेर उनीहरू पीडकसँग मिलेको गृह मन्त्रालयको निष्कर्ष छ ।
Discussion about this post