Khabar Samachar

केकी अधिकारीको ‘बोक्सीको घर’ वैशाख १४ गते रिलिज हुने

202
VIEWS

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमा ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

केकीको होम प्रोडक्सनमा निर्माण भएको सिनेमा बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो सिनेमा निर्माण गरिएको छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाइ समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

सामाजिक–थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

केकी स्वयं निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्मसले यो सिनेमालाई वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित