काठमाडौं । अभिनेता अनुप बिक्रम शाहीले नयाँ एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशन सौगातमान सिंह बस्नेतले गर्ने छन् ।
पर्यटन सम्बन्धि यात्रा गराउने उद्धेश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुने बताइएको छ ।
शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताएका जारी विज्ञप्तिमा उल्लेख छ ।
स्टुडियो कृयो र ब्रान्डल्यान्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहनेछ । करिब तीन दशकदेखि ट्रेकिङ र पर्यटन क्षेत्रमा काम गर्दै आएको ट्रेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाम्विङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउँदै आएको ट्रेकिङ टिमका सीईओ प्रवेश देवकोटाले बताए ।
Discussion about this post