Khabar Samachar

काठमाडौँबाट तीर्थालु बोकेर जाँदै गरेको बस धादिङमा दुर्घटना, ३० जना घाइते

205
VIEWS

काठमाडौंबाट ‍तीर्थयात्री बोकेर चितवन गएको बस धादिङमा ट्रकसँग ठोक्किएको छ।

आज बिहान साढे १० बजे धादिङको  बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटलनजिकै चितवन जाँदै गरेको  बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ५२६८ नम्बरको ट्रक ठोक्किए दुर्घटना भएको हो।

दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय धादिङका प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिएका छन्।

तीमध्ये मध्यम र गम्भीर घाइते भएका १४ जनालाई काठमाडौं रिफर गरिएको छ।

बस चालक मकवानपुरका ३२ वर्षीय रत्न तामाङ र लमजुङको राजनाथ नगरपालिका-५ का ५६ वर्षीय रामचन्द्र बख्रेल गम्भीर घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित