Khabar Samachar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ

213
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनी सोमबार राति पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अर्धठोस सुन ८५५ ग्राम बरामद गरेको छ ।

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित