त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त भएका छन्।
कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई विश्वविद्यालयको २०औं उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य विनोद न्यौपनेले राससलाई जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए ।
Discussion about this post