Khabar Samachar

सापकोटालाई शाहीको जवाफ- मैले जनताको ‘हत्या’ गरेर आएको हो र राजीनामा दिन?

205
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूले किन राजीनामा दिने भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो प्रश्न गरेका हुन् ।

उनीभन्दा अघि बोलेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान संविधान र व्यवस्थाविरुद्ध कुन नैतिकताले बोलेको भन्दै त्यो अधिकार नभएको बताएका थिए । सो विषयमा शाहीले संविधानमा फरक मत राख्ने अधिकार भएको भन्दै सापकोटालाई जवाफ फर्काएका हुन् ।

‘यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ। कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन। अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्‍यो, ‘ उनले भने,  ‘संविधानले विशेष अधिकार दिएको छ। कुनै पनि सांसदले स्पष्ट रूपमा वाक स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन।’

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको प्रमुख सचेतक शाहीले उल्लेख गरे। ‘मैले किन राजीनामा दिने? मैले आठ/नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो? गुड्दै गरेको बसमा बम हानेर मारेको हो? किन राजीनामा दिने? मैले नेपाली जनता मारेको हो? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो?, ‘ उनले प्रश्न गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित