Khabar Samachar

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस्ः रास्वपा

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ख्वप विश्वविद्यालयको विधेयक तत्काल ल्याउन आग्रह गरे। उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै प्रश्न गरे।

उनले ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरूलाई न्युन शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप बढिरहेको दाबी गरे।

सचेतक परियारले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ। देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्। ख्वप कलेज भत्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो। त्यसले न्युनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन्। विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्युलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ। शिक्षा नेपालको मेरुदण्ड हो। विकासको मेरुदण्ड हो। ख्वप कलेजमा पढ्नेको संख्या बढ्दो छ। शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेकय किन ल्याउनु हुन्न? तत्काल विधेयक ल्याइयोस्।’

उनले सरकार समाजवादउन्मुखको नारा लगाइरहेपनि शिक्षा महंगो भइरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित