नेकपा एमालेले प्रधानमन्त्री संसदमा हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ । संसदको शुक्रबार बसेको बैठकको विशेष समय लिएर बोलेका एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री संसदमा नआएकोमा असन्तुष्टि जनाए ।
‘प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो ? खोजी गरियोस्’, निरन्तरको रुलिङ हुँदा पनि प्रधानमन्त्री जवाफ दिन नआएको भन्दै उनले भने । दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै उनले भने, ‘सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायो । प्रधानमत्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो ।’
प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरे ।
Discussion about this post