नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक तोकेका हुन्।
बर्तौला यसअघि सचेतक थिए। प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौला प्रमुख सचेतक बनेका हुन्। त्यस्तै सचेतक सुनिता बराल बनेकी छिन्।
Discussion about this post