प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमाले मिल्दैमा आफ्नो दल नडराउने र स्वभाविक रुपमा प्रतिपक्ष दलमा बस्ने बताएका छन् ।प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि दलगत रूपमा सांसदहरूले धारणा राखेपछि जवाफ दिँदै प्रधानमन्त्री दाहालले ठूला दल मिल्न आग्रह गरेका हुन्।
‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ? यसो भनेर पहिला पनि भनियो। आज पनि भनियो। मेरो कामना छ तपाईंहरू मिल्नुस्। सबै मिल्नुस्। तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ। तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर?,’ प्रधानमन्त्री दाहालले प्रश्न गरे।
विगतमा सबै मिलेर ‘टाउको काट्न खोजेको’ पनि प्रधानमन्त्री दाहालको भनाइ थियो।
‘डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ? त्यस्तो हुँदैन। सक्नुहुन्छ मिल्नुस्,’ उनले भने, ‘तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न। राजनीतिक रूपले आफूलाई हित हुन्छ भन्ने लाग्यो भने मिल्ने हो।’तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ । तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ ? नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईँहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? त्यस्तो हुँदैन ।’
Discussion about this post