नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
सुन तस्करी प्रकरणलाई लिएर विवादमा जोडिएपछि वर्तमान सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा गरिएको छ।
नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताइन्।
‘नयाँ सीआईबी प्रमुख पठाउँदा सुन तस्करीको प्रतिवेदन कार्यान्वयमा पनि सजिलो हुन्छ भन्ने निष्कर्ष सरकारको हो’, उनले भनिन्, ‘हामीले कसैलाई कारबाही या पुरस्कार भनेर सरुवा गरेको होइन। यो सरकारले गर्ने नियमित काम हो।’ज्ञवाली यसअघि कार्यविभागका थिए। ज्ञवाली र बज्राचार्य दुवैजना वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन्।आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।
Discussion about this post