Khabar Samachar

कांग्रेसले ४ वर्ष संसद अवरोध गरोस् – गृहमन्त्री लामिछाने

207
VIEWS

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले चार वर्ष सदन अवरूद्ध गरोस् भन्ने प्रतिक्रिया दिएका छन्।उनले आज संसद बैठकबाट निस्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो चुनौती दिएका हुन् ।

संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको लामिछानेले बताए ।

उनले भने, ‘माग गर्ने कुरा एउटा छ, अब कुन ढंगले जान्छ हेर्दै जाउँ । म (राजीनामा होइन) काम गर्छु ।’

एउटा ठाडो उजुरीका भरमा संसद अवरुद्ध गर्न खोजिएको भन्दै लामिछानतेले असन्तुष्टि व्यक्त गरे ।
‘यस्तो अभ्यास सिकाउन खोज्ने हो भने यसमा अडिइरहनका लागि म कांग्रेसलाई अनुरोध गर्छु । कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन् । हामीले कामले जवाफ दिने हो । म भन्छु कांग्रेसले चार वर्ष संसद अवरुद्ध गरोस् । हाम्रो संयन्त्रले चार वर्ष काम गरोस्’, उनले भने, ‘देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरुद्ध गरोस् । चार वर्षपछि यसैगरि अवरुद्ध भइरह्यो र यो संयन्त्रले मजाले काम गर्न पायो भने चार वर्षपछि के थाहा, धेरै मान्छे सदनमा हुँदै हुने छैनन् ।’गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षीलाई संसद अवरूद्ध गर्ने अधिकार भएको पनि टिप्पणी गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित