Khabar Samachar

संसदीय छानबिन आवश्यक छैन : केपी शर्मा ओली

203
VIEWS

सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको निक्षेप अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको प्रसंगमा संसदीय छानबिन समिति बन्न नसक्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान राखेका थिए । तर मंगलबार नै संसद बैठक सकिएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले प्रतिशोधपूर्ण अभिव्यक्ति मात्र दिएको आरोप लगाए ।

सरकारबाट बाहिरिनेबित्तिकै नेपाली कांग्रेसले आवेश उत्तेजना देखाउन नहुने उनले बताए।

‘अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ। सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, आवेग देखाउने, प्रतिशोधी खालका क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्नेजस्तो क्रियाकलाप गर्नु हुँदैन। हामी कांग्रेसबाट जिम्मेवार प्रतिपक्षीको भूमिको अपेक्षा गर्छौं।आग्रह पनि गर्छौं,’ उनले भने।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले पोखराको सूर्योदय वचत तथा ऋण लगायत सहकारीको निक्षेप अपचलनबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित