Khabar Samachar

Search
Close this search box.

विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीको पत्र

207
VIEWS

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि छानबिन भइरहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ।

सीआईबीले आज एक पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको सूचना दिएको हो ।

सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले लेखेको पत्रमा भनिएको छ, ‘…बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

सभामुख सचिवालयले सीआईबीबाट आएको पत्रलाई नोटिसमा राखिएको बतायो । तर, अहिले यो पत्रका सम्बन्धमा कुनै कारबाही आवश्यक नरहेको सचिवालय स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित