Khabar Samachar

जगातिमा सवारी दुर्घटनापछि विशाल भण्डारीसहित दुईजना प्रहरी हिरासतमा

261
VIEWS

कमेडी च्याम्पियनका सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन् । उनीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

आज बिहान करिब ३ बजे भण्डारी सहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा जगातिमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन् । सुशानको अवस्था केही गम्भीर रहेको प्रहरी स्रोतले बतायो । विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ ।

दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले बतायो ।

हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित