Khabar Samachar

बहस गर्न कहाँ आउनुपर्ने हो आफू तयार भएको चुनौती,म एक्लै बहस गर्न तयार छु – गृहमन्त्री रवि लामिछाने

203
VIEWS

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ आफू तयार रहेको बताएका छन्। रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै कांग्रेसले आफ्नो नैतिकता भूलेको टिप्पणी गरे ।

शनिबार पार्टीले आयोजना गरेको विशेष सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले विश्वभरका जनताले देख्नेगरी त्यो सार्वजनिक कार्यक्रमको लाइभ गर्ने समेत बताए।

म चुनौतीका साथ भन्न चाहन्छु, त्यो एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नुभएको छ । म उहाँहरुलाई भन्न चाहन्छु– तपाईं कहाँ कहिले कुन मितिमा मलाई बोलाउनुहुन्छ ? सदनमा त मलाई बोल्न दिनुभएको छैन । मैले आफ्ना कुरा राख्न पाएको छैन । ठीक छ, जनताको माझमा खुला रुपमा बहस गरौं । तपाईंले भनेको ठाउँ र मितिमा बोलाउनुस् र प्रमाणित गरिदिनुस्, तपाईं भएभरका सबै लयर र प्रभावशाली नेताहरु बोकेर आउनुहोला । सबै प्रमाणहरु लिएर आउनुहोला । म एक्लै आउँछु ।

सदनमा तपाईंहरुले कनिकनि लेखेका प्रश्नहरु मैले सुनिरहेको छु । तर, मैले जवाफ दिन पाएको छैन । तपाईंहरुका प्रश्नहरु ९ मिनेट १८ सेकेन्डमा सबै निस्तेज हुनेछन् । किन बोल्न दिनुहुन्थ्यो र ! ठीक छ, तपाईं पनि जनताको मान्छे, म पनि जनताको मान्छे ! तपाईंलाई निर्वाचित गर्ने मान्छेका अगाडि उभिएर म बहस गर्न चाहन्छु । तपाईं आफ्नो विज्ञसहित आउनुहोला । प्रमाण सबै लिएर आउनुहोला, म एक्लै आउँछु । आमजनताले हेरुन् त्यो इभेन्ट, प्रत्यक्ष प्रशारण होस्, सिंगो देशले हेरोस् । दूधको दूध, पानीको पानी छुट्टियोस् । कांग्रेस जस्तो इतिहास बोकेको पार्टी कुन चिर्कटमा उभिएको छ भन्ने हामीले हेरेका छौं ।

सहकारीको विषयमा अदालतमा मुद्दा गएको छ रवि लामिछाने प्रतिवादी हो कि होइन ? हेरोस् । अनिमात्रै सदनमा कुरा गरोस् । जुन मुद्दामा बहस चलेको छ, त्यो सबै प्रमाण बोकेर आओस् । मलाई प्रमाणित गरिदिए हुन्छ, तत्काल के गर्नुपर्ने त्यहीबाट गरौंला । मेरो चुनौती छ । यति भन्दिनुस्, म कहाँ आऊँ बहस गर्न । एक्लै हरेक जिज्ञासाको जवाफसहित समाधान दिन्छु । यो बहस अझै काठमाडौं ४ मा भयो भने मलाई सहज हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित