Khabar Samachar

सम्पर्कविहीन भएकी मेयर गोपाल हमालकी छोरी फेला परिन

204
VIEWS

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी फेला परेकी छन्।

जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन रहेको र खोजीमा सहयोग गरिदिन मेयर हमालले मंगलबार आग्रह गरेका थिए।

मेयर हमालका अनुसार आरती भारतको गोवामा सकुशल फेला परेकी हुन्। गोवामै बस्दै आएकी उनी जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएकी थिइन्।

‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु,’ मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा बुधबार लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित