बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू सुरू भएको छ। संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको हो।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्।
Discussion about this post