Khabar Samachar

Search
Close this search box.

मनोनयनको समय आइतबार र सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म

207
VIEWS

काठमाडौं– निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने समय तोकेको छ। आयोगको सूचनाअनुसार आइतबार र सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्न सकिने छ।

विगतमा एक दिन मात्रै मनोनयनको लागि छुट्याइने गरेको थियो। यसपटक भने दुई दिन समय राखिएको छ। विगतको कठिनाइलाई ध्यानमा राख्दै दुई दिन समय राखिएको आयोगले बताउँदै आएको छ। तर एमालेले भने यसलाई शंकाको दृष्टिले हेर्दै आलोचना गर्ने गरेको छ।

एक दिन समय राख्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थनीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले यसपटक मनोनयन गर्ने समय २ दिन राखिएको आयोगले विज्ञप्तिमार्फत् स्मरण गराएको छ।

‘दुई दिनको समय दिनु उपयुक्त हुन्छ भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको हो’, विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित