लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शनिबार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री महरासँगै तीनजना मन्त्रीले पनि शपथ लिएका छन्।
एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुनले मन्त्रीको शपथ लिएका हुन्।
उनीहरू सबैजनालाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरिएको हो।
Discussion about this post