Skip to main content

Khabar Samachar

Search
Close this search box.

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

203
VIEWS

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई आइतबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएको आधार मानेर मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको आइतबार नै दिउँसो साढे ३ बजे शपथ समारोह राखिएको छ।

नेता अधिकारीले आइतबार नै एमालेका २२, माओवादी केन्द्रका ८ र राजीव गुरुङसहित ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउँदै नयाँ सरकारको दाबी गरेका थिए।

उनको त्यही दाबीअनुसार प्रदेश प्रमुखले धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित