कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई पदबाट बर्खास्त गरिएको छ।
मन्त्रिपरिषद बैठकले गैरेलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रालयले शुक्रबार निकालेको सूचनामा उल्लेख छ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको छ ।
Discussion about this post