काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ।
आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर चलाएको हो।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।
Discussion about this post