नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन हामी मत दिनेछौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।
सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्रीले विश्वासको मत पाएको र आफूहरूले पनि कोशीमा विश्वासको मत दिएको उनले उल्लेख गरे ।
Discussion about this post