Khabar Samachar

संसदमा कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

204
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतको प्रस्ताव राखेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्‍त्री दाहालले विश्वासको मत माग गरेका हुन्।

प्रतिनिधि सभाको सोमबारको बैठक कांग्रेसको नाराबाजी र वेल घेराउबीच १५ मिनेट स्थगित भएको थियो।

दोस्रो बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मत प्रस्ताव राखेका हुन्। उनले विश्वास मत प्रस्ताव राख्दा कांग्रेससहित विपक्षी दलले सदनमा अवरोध गरेका थिए।विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवराेध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित