नेपालमा भेटिएको ‘केपी १’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोम सिक्वेन्सिङ गरिएको थियो । सो क्रममा कोभिड-१९ को नयाँ भेरिएन्ट नेपालमा भित्रिएको पुष्टि भएको हो । ‘केपी१’ र ‘केपी२’ भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिका र अफ्रिकी मुलुकमा भेटिएको थियो ।
देश भरका १५ वटा प्रयोगशालाहरूमा हालै आएका ४२ वटा संक्रमण केसको जिनोम सिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा ‘केपी१’ र ‘केपी२’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
Discussion about this post