Khabar Samachar

Search
Close this search box.

कोलकाता नाइट राइडर्सले तेस्रो पटक उचाल्यो आईपीएलको उपाधि

218
VIEWS

सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ।

आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले आइपिएलको उपाधि जितेको हो ।

हैदरावादले दिएको गरेको १ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १० ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताका वेंकटेश ऐरले सर्वाधिक अविजित ५२ रन जोडे । रहमनुल्लाह गुर्बाजले ३९ रन जोड्दा कप्तान श्रेयस ऐर ६ रनमा अविजित रहे ।

बलिङमा हैदरावादका कप्तान प्याट कमिन्स र शाहबाज अहमदले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावाद १८ ओभर ३ बलमा १ सय १३ रनमा समेटिएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । अन्य ब्याटर क्रीजमा टिक्न सकेनन् ।

बलिङमा कोलकाताका आन्द्रे रसलले ३, हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिए ।

कोलकाताका लागि यो तेस्रो उपाधि हो । यसअघि सन् २०१२ र २०१४ मा कोलकाताले आइपिएलको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित