Khabar Samachar

बजेट भाषण ३ बजेलाई सर्‍यो

203
VIEWS

सरकारले आज १ बजे प्रस्तुत गर्ने आगामी आर्थिक बर्षको बजेट घोषणा कार्यक्रमको तालिका परिवर्तन भएको छ ।

मङ्गलवार १ बजे तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित