कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले सबैको बयान लिने बताएका छन् ।सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताएका हुन्।
गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्ने महामन्त्री थापाको विश्वास व्यक्त गरे।
‘त्यो गोर्खा मिडिया संचालन गर्ने त्यसका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ। बकाइदा बोलाउँछ। छानबिन गर्छ। बयान लिन्छ। सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ–कानून बमोजिम कारबाहीको सिफारिस गर्छ,’ उनले भने, ‘नखाएको विष लाग्नुहुँदैन भन्नेमा हामी प्रष्ट छौँ। यदि नखाएको हो भने यसको विष लाग्न हुँदैन। समितिका बसेका सबै साथीहरूबाट हामी त्यही भूमिकाको अपेक्षा गर्दछौँ। हाम्रो तर्फबाट जानु भएका साथीहरुले पनि त्यही नै काम गर्नुहुन्छ।’
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सो छानविन समितिका बसेका सबै सदस्यहरुले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षा समेत आफ्नो पार्टीले गरेको पनि बताए।
समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने पनि उनले बताए । सदनलाई ढाँट्ने महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्म सबैलाई समितिले बयानका लागि बोलाउने कुरामा आफूहरू ढुक्क रहेको पनि जानकारी गराए ।
Discussion about this post