Khabar Samachar

बाँसबारी, बालमन्दिर, गिरीबन्धु र टिकापुर जग्गा सबैको फाइल खोल्न चाहन्छौ : सांसद मनिष झा

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाँसबारी, बालमन्दिर, गिरीबन्धु र टिकापुर जग्गा सबैको फाइल खोल्न लागेको बताएका छन । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले १ सय २२ दिन मात्रै सरकारमा आउँदा कांग्रेसले सबै कुरा रास्वपाले बिगारेको जस्तो व्यवहार गरेको बताए । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले संसदीय छानबिन समिति बनाउन हुन्न भन्नेमा आफ्नो पार्टी नरहेको बताए। २०५४ सालदेखि अहिलेसम्म १५ वटा समिति बनेको, ती सबै समितिमा व्यक्ति किटान नगरिएको चर्चा गर्दै उनले रास्वपा सभापति रवि लामिछानेकोचाहिँ नाम किन उल्लेख गर्नुपर्ने भनेर चासो रहेको बताए।

‘हाम्रो केही सरोकार पनि छन्। हामी संलग्न कुनै अभियोगहरूमा यति आवाज उठाउँदै गर्दा मेरा पनि केही आवाजहरू छन्,’ उनले भने, ‘बाल मन्दिरको जग्गा, बाँसबारीको जग्गा, टीकापुरको जग्गा, गिरिबन्धु, टेरामक्सको फाइल खोल्न चाहन्छौं,’ उनले भने।
उनले विगतमा यी प्रकरणको फाइल नै नबनेकाले खोल्न नसकेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित