Khabar Samachar

Search
Close this search box.

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंह नियुक्त

202
VIEWS

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंह नियुक्त भएका छन । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित