Khabar Samachar

Search
Close this search box.

पाँच लाख १४ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना महिला पक्राउ

200
VIEWS

पाँच लाख १४ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन् ।

शनिवार साँझ ९ बजे समयमा काठमाडौंको कलंकी स्थित वाइट रेविट रेष्टुरेन्ट नजिक नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जसमा काठमाडौं महानगरपालिका १४ बस्ने ४७ वर्षकी तारादेवी डंगोलको साथबाट नक्कली नोट पाँच लाख १४ हजार बरामद गरी नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानका क्रममा नागार्जुन नगरपालिका पाँच बस्दै आएकी नीलिमा श्रेष्ठको समेत संलग्नता देखिएको थियो ।

उनको खोजतलास गर्ने क्रममा नागार्जुन नगरपालिका पाँचस्थित पद्मा कोलोनीबाट पक्राउ गरेर अनुसन्धान कार्य जारी रहेको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित