Khabar Samachar

स्क्वाएर सहकारीका तीन सञ्चालक पक्राउ

203
VIEWS

काठमाडौँको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ छन् ।

आकर्षक ब्याज दिने भनी लोभ्याएर सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक र त्रैमासिक तथा वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावा, ब्याज फिर्ता पाउने विश्वासका साथ उनीहरूले रकम जम्मा गर्न लगाउने गरेको बताइएको छ ।

उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको सावाँ, ब्याज पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ताले उजुरी गरेका थिए ।

झन् उल्टै संस्था नै बन्द गरी उनीहरूलाई काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रको आधारमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार ब्युरोले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित