Khabar Samachar

टोखा नगरपालिकामा कांग्रेसको दुई प्यानलले दर्ता गराए उम्मेदवारी

210
VIEWS

काठमाडौं–काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसबाट मेयर र उपमेयरमा दुई समूहले अलग–अलग उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार दिउँसो मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङले पार्टीको बागमती प्रदेशस्तरीय निर्णय देखाएर मनोनयन दर्ता गराएका थिए। उनीहरूले सामूहिक रूपमा मनोनयन दर्ता गरेका थिए ।

फेरि साँझ कांग्रेसबाटै मेयरमा मनिष जोशी र उपमेयरमा इन्दिरा चौलागाईंको मनोनयन दर्ता भएको छ। उनीहरुले नगर कमिटिको पत्र देखाएर उम्मेदवारी दर्ता गराए। एकै राजनीतिक  दलबाट दुई आधिकारिक उम्मेदवारी दर्ता हुन नसक्ने भएकाले कुन आधिकारिक छुट्ट्याएर अर्को खारेज हुने निर्वाचन आयोगले जनाएको छ।

प्रदेश कमिटीले बिहान विवाद भएपछि १० नगरमध्ये ८ वटामा मात्र अन्तिम सूची सार्वजनिक गरेको थियो। त्यसमा टोखा नगरपालिका उल्लेख थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित