काठमाडौं– टेस्लाका सीईओ एलोन मस्क ट्वीटरको नयाँ मालिक बनेका छन्। मस्कले माइक्रो ब्लगिङ साइट किन्न ४४ अर्ब डलरको सम्झौता गरेका छन्। ट्वीटरको स्वतन्त्र बोर्डका अध्यक्ष ब्रेट टेलरले प्रेस विज्ञप्ति जारी गर्दै मस्कसँग भएको सम्झौताको जानकारी दिएका हुन्।मस्कले ट्वीटरको प्रत्येक सेयरको लागि ५४.२० डलर तिर्नुपर्नेछ। ट्विटरमा उनको पहिले नै ९ प्रतिशत सेयर छ। उनी ट्वीटरको सबैभन्दा ठूलो सेयर होल्डर हुन्। पछिल्लो सम्झौतापछि कम्पनीमा उनको शतप्रतिशत हिस्सेदारी रहनेछ र ट्वीटर उनको निजी कम्पनी हुनेछ।
Discussion about this post