नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् ।
खनालनिवासमा आज भएको छलफलपछि यो सहमति जुटेको हो। छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी थिए। पार्टीमा पुस्तान्तरणको बहस चलाउँदै आएका भुसालका पक्षमा समर्थन जुटाउन यसअघि पनि विभिन्न चरणमा छलफल भएका थिए।
यसअघि खनाल आफै अध्यक्षमा उठ्ने बताइरहेका थिए। आजको छलफलपछि उनी अध्यक्षको दाबीबाट पछि हटेका हुन्। बैठक बिहान सवा ११ बजे सुरू भएको थियो। करिब साढे ३ घन्टाको छलफलपछि खनालले भुसाललाई भनेका थिए, ‘गो अहेड।’
ती स्रोतका अनुसार भूसालले पनि खनाललाई आफू उत्तराधिकारीका रुपमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो ।
Discussion about this post